नियम २९
मूल नियमावलीको नियम ६३ मा संशोधन
मूल नियमावलीको नियम ६३ को
उपनियम (१) पछि देहायको उपनियम (१क) थपिएको छ ः–
“(१क) उपनियम (१) बमोजिम बोलपत्र खोल्दा कुनै बोलपत्र दाता वा निजको अधिकार प्रँप्त प्रतिनिधिको बोलपत्रमा हस्ताक्षर नभएको, अंक अक्षर स्पष्ट नभएको, केरमेटमा सही नभएको, अंक र अक्षरमा उल्लिखित रकम फरक भएको पाइएमा वा
बोलपत्रमा अन्य कुनै उल्लेखनीय कुरा भएमा मुचुल्कामा सोही कुरा उल्लेख गरी उपस्थित सबैको दस्तखत गराई राख्नुपर्नेछ ।